सगरमाथा आरोहणको ७० औ बर्षगाँठको अवसर पारेर न्युयोर्कसिटिले बाटोको नाम तेन्जिङ नोर्गे शेर्पा वे राखिएको छ । उक्त बाटो न्युयोर्ककेा ज्याक्सनहाइटस्थित सेभेन्टी फाइभको ब्रोड वे देखि सेभेन्टी फाइभको उडसाइडसम्मको बाटो रहेको छ । शेर्पा किदुगको गुम्बा सामुन्नेमा रहेको उक्त बाटोको नाम शेर्पा किदुगको पहलमा न्युयोर्कसिटिले राखि दिएको हो । उक्त बाटोको नामकरण न्युयोर्कसिटिको काउन्सीलमेम्बर शेखरकृसनले उदघाटन गरिएको थियो । तेन्जिङ नोर्गे शेर्पाले सन १९५३ को मे २९ तारिख पहिलो पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

कार्यक्रममा सिटि काउन्सिलमेम्बर शेखरकृसन, स्टेट सिनेटर मिसेल गाइनरिस, स्टेट एसेम्बलीमेम्बर क्याटालिना क्रुज, स्टेट एसेम्बलीमेम्बर जेसिका गोन्जालेस, काउन्सीलमेम्बर जुलि वोनले न्युयोर्कको बाटोको नाम शाहसी आरोही तेन्जिङ नोर्गेको नाममा नाममकरण गर्न पाउदा खुसी लागेको बताएका थिए । त्यस्तै न्युयोर्क नेपाली कन्सुलेटका कार्यवाहक महाबाणिज्यदुत विष्णु प्रसाद गौतम, तेन्जिङ नोर्गेका छोरा नुर्बु तेन्जिङ, शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जि शेर्पा र युएस नेपाल क्लाइबर्स एसोसियसनका अध्यक्ष पासाङ निमा शेर्पाले बाटोको नामकरण गरिदिएको कार्यप्रति न्युयोर्कसिटिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम शेर्पा किदुग, शेर्पा संघ अमेरिका र युएस नेपाल क्लाइबर्स एसोसियसनले संयुक्त रुपमा आयोजना गरेका थिए । मेमोरियल डे को दिन आयोजना गरिएको कार्यक्रममा विभिन्न समुदायकहरुको बाक्लो उपस्थिति रहेका थिए । कार्यक्रममा तेन्जिङ नोर्गेका छोराहरु नोर्बु तेन्जिङ शेर्पा, दामे तेन्जिङ शेर्पा र नेपालको पुर्व पर्यटन राज्यमन्त्रि याङकिला शेर्पाकेा समेत उपस्थित थिए । बाटोको नामकरण कार्यक्रमपछि नेपाली मौलिक सस्कृति झल्कने सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए ।









