भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नु अघि आफु निरास रहेको बताएका छन् । उनले भारत पुगेलगतै भारतीय सुरक्षा सल्लाहकार अमित डोबलसँषग भेटवार्ता गरेका थिए ।
दोस्रो दिन मात्र उनको प्रधानमन्त्री मोदीसँग भेटबार्ता भएको थियो । प्रधानमन्त्री दाहालले आफु करिब निरास भएको अबस्थामा मोदीले आफैले पहल गरेर भ्रमणलाई सफल बनाइदिएको बताए ।
”तीन पटक एक्लाएक्लै भेटवार्ता भएपछि नेपाल–भारत सम्बन्धमा ‘ब्रेक थ्रु’ भयो” उनले दिल्लीमा नेपाली पत्रकारहरुसँग अन्तर्क्रियामा भने ।
बिहीबार नेपाल र भारतबीच दुई पक्षीय औपचारिक वार्ताको आसपास प्रधानमन्त्री प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।
‘तीन पटक मोदीजीसँग एक्लाएक्लै भेटवार्ता भएपछि बिग्रिन लागेको परिस्थिति धेरै सहज भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसपछि मोदीजीले नेपाल–भारत सम्बन्ध हिटबाट सुपरहिट तर्फ जाने र हिमालयकै उचाइमा पुर्याउने कुरा गर्नु भयो।’
प्रचण्डले मोदीसँगको त्यो ‘वान अन वान’ वार्तामा नै नेपालबाट भारतले १० हजार मेगावाट जलविद्युत किन्ने सहमति भएको खुलाए ।
‘नेपालका लागि त्यो नै हो ब्रेक थ्रु,’ प्रचण्डले भने ।