हामी नेपाली ग्लोबल, युएसएले क्यालिफोर्नियास्थित लस एन्जलसको हलिउडमा आगामी जुन २५ तारिखका दिन नेपाल फेस्टिभल मनाउने भएको छ । अमेरिकी तथा अन्य देशका नेपाली पर्यटनको प्रचार गर्ने तथा नेपाली उत्पादन विश्व बजारमा प्रवर्द्धन गर्ने उद्धेश्यले यस फेस्टिबलको आयोजन गरिएको हो ।
यस नेपाल मार्च फेष्टिवल सफल बनाउन हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा हामी नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष ईन्दिरा त्रिपाठी, हामी नेपाली ग्लोबल क्यालिफोर्निया चाप्टरका अध्यक्ष मदन पाण्डे, समाजका क्रियाशील सुबास शम्सेर भण्डारी, अशोक राज भण्डारी,अर्जुन पौडेल, मुना प्याकुरेल, भुवन पौडेल, जोसेप घले, सुनिता खत्री, धुब्र कुंवर, पारू के.सी., बिन्दु सापकोटा, बिष्णु के.सी., नवाँ तिवारी, गणेश भट्टराई, हेमबहादुर थकुल्ला, वबिन थापा, कृष्ण देवकोटासहितको आयोजक समिति गठन गरिएको छ ।
हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय उपाध्यक्ष टेक वाईवा लामाले दिएको जानकारी अनुसार लसएन्जल्सस्थित हलिउडमा हुने यस बृहत महोत्सवमा सहभागिताको लागि नेपाल सरकार/अन्तर्राष्ट्रिय नेपाली डायस्पोराका नेपालीहरुको साझा संस्था एनआरएनएलगायत क्यालिफोर्नियाको विभिन्न संघसंस्थाहरुको प्रमुख एवं प्रतिनिधि र पत्रकारहरु लगायत सामाजिक अभियान्तहरुकोसमेत सहभागीता हुने रहेको छ ।
नेपाल मार्च फेष्टिवल सफल बनाउन सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने र उक्त कार्यक्रम कुनै राजनीतिक तथा धार्मिक रुपमा नभई विशुद्ध पर्यटन विकास तथा सामाजिक हितको लागि आयोजना गरिएको उपाध्यक्ष वाईबाले बताए ।
हामी नेपाली ग्लोबल बिश्वभर छरिएर रहेका राष्ट्रप्रेमी नेपाली राष्ट्रियतालाई शिरोधार्य गर्दै सगरमाथाको शानलाई बुद्ध जन्मेको देश नेपाललाई बिश्वमाझ चिनाउन विभिन्न लिंग, जात, धर्म तथा राजनीतिक आस्थाबाट माथी उठेर कर्मजीवि नेपालीलाई सेवा, सद्भाव र पवित्र हृदयले भौतिक, सामाजिक, आर्थिक तथा मानविय सहयोग गर्ने संस्थाको मुल उद्देश्यका साथ संस्थागत रुपमा अगाडी बढिरहेको बताइएको छ ।
लस एन्जल्समा क्यालिफोर्नियाको विभिन्न संघसस्थाको आयोजनामा हुन गइरहेको नेपाली कला र सांस्कृतिक पहिचान झल्किने गरि झाँकीसहितको विविध कार्यक्रम आयोजना हुन लागेको नेपाल फेस्टिबलमा अमेरिकावासी, सम्पूर्ण नेपाल र नेपाली भाषी अमेरिकन नेपाली र नेपाललाई माया गर्ने देशको राष्ट्रियतालाई चिनाउन र नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्राउने कार्यमा सघाउन आयोजकले अपील गरेको छ ।
कार्यक्रम तालिका:
मिति: २५ जुन २०२३
समय : दिनको १२ बजेदेखि ४ बजेसम्म
स्थान: होलिउड वाक अफ फेम क्यालिफोर्निया/ लस एन्जलस