२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

न्युयोर्कमा बौद्धधर्मगुरु खेन्पो साङगे राङजुङ रिम्पोछेद्धार प्रवचन र अभिषेक


Ang

३२ जेष्ठ २०८०, बिहिबार  

516
Shares


बौद्धधर्मगुरु खेन्पो साङगे राङजुङ रिम्पोछेले न्युयोर्कमा जम्बला तथा बज्रसत्वको अभिषेक प्रदान गर्नु भयो । शेर्पा किदुगको आयोजनामा भएको कार्यक्रममा करिब ५ सय जनाको उपस्थिति थिए । प्रष्ट नेपाली भाषामा रिम्पोछेले दिनु भएको प्रवचनले उपस्थित सवैले आनन्दीत महसुस गरेका थिए ।

बौद्धधर्मको लामो अध्ययनपछि नेपालभित्र र बाहिरका सयौ बालबालिकाहरुलाई बौद्ध शिक्षा दिदै आउनु भएका रिम्पोछेले फार्पिङमा कलेज तहको उत्कृष्ठ बौद्ध शिक्ष्ाालय स्थापना गर्नु भएको छ । नेपाल बाहिर विभिन्न मुलुकहरुमा बौद्ध शिक्ष्ाा दिदै आउने क्रममा रिम्पोछेले न्युयोर्कमा यो समेत गरि दोश्रो पटक महत्वपुर्ण धार्मिक प्रवचन दिनु भएको हो ।

‘ न्युयोर्कको नेपाली समाजमा रिम्पोछेको यस्तो महत्वपुर्ण कार्यक्रम गर्न पाउदा हामीलाई निकै सुखद अनुभुती मिलेको छ’ शेर्पा किदुगको अध्यक्ष तेम्बा शेर्पाले भने—’ नेपाली भाषामा प्रष्ट बुझिने गरि रिम्पोछेले दिनु भएको प्रवचन र अभिषेकले उपस्थित सवैलाई धेरै फाइदा पुगेको महसुस भयो’ । निर्धारित समयै कार्यक्रमस्थलमा पुग्नु भएका रिम्पोछे विहान साढे ९ बजेदेखि वेलुकी ६ बजेसम्म प्रवचनमै व्यस्त हुनु भएको थियो ।

शेर्पा किदुगको ट्रष्टी समेत हुनु भएका रिम्पोचेलाई किदुगका अध्यक्ष तेम्बा शेर्पा र किदुग ट्रष्टी बोर्डका संयोजक ल्हाक्पा रिन्जी शेर्पाले रिम्पोचेलाई सम्मानपत्र चढाएका थिए । शेर्पा किदुगले आयोजना गरेको कार्यक्रमलाई दोलखा श्यामा शेर्पा समाजले मुख्य स्वयमसेवकको साथै खानाको प्रयोजकको रुपमा सहयोग गरेका थिए । उक्त अवसरमा बौद्ध धर्मगुरुहरु डा युला शेर्पा, आवतारी लामा टुल्कु र रिग्सुङ लोप्टका प्रमुख प्रशिक्षक गिर्मे छोढक समेत उपस्थित थिए । धार्मिक कार्यक्रमपछि रिम्पोछेको स्वागतमा शेर्पा लोक नृत्य प्रस्तुत गरेका थिए । न्युयोर्कपछि अमेरिकाको विभिन्न राज्यहरुमा रिम्पोछेको यात्रासंगै धार्मिक प्रवचन दिने कार्यक्रम रहेको छ ।

तस्विरहरु शेर्पा किदुग

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ४ : १६ बजे