३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

नेपाली टीपीएसबाहकको म्याद १८ महिना थपिने, नाम पुन: दर्ता गर्नु पर्ने



नेपालमा महाभूकम्प पछि ट्रेम्पोररी प्रोटेक्सन स्टाटस (टीपीएस) मा संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुलाई थप १८ महिना समयावधी थप गरिएको छ । उनीहरुसँग हाल २०२३ को डिसेम्बरसम्म २५ सम्म बस्न पाउने अनुमति रहेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले जारी गरेको बिज्ञप्ती अनुसार उनीहरुका लागि सन् २०२५ को जुन २४ तारिखसम्म समयावधी थप गरिएको हो । यसरी १८ महिना थप समयावधी दिइएकामा एल साल्भाडोर, होन्डुरस र निकारागुआका नागरिक पनि रहेका छन् ।

डीएचएसका अनुसार यसका लागि १८ महिना थि लम्ब्याउन चाहनेहरुले टीपीएसमा नाम पुनदर्ता भने गर्नु पर्ने हुन्छ । यसका लागि अक्टोबर २४, 2023 देखि डिसेम्बर २३, २०२३ सम्मको 60 दिन समय दिइने छ ।

डीएचएसले हाल ती देशहरुको अबस्थालाई ध्यान राखेर होमल्याण्ड सेक्युरिटी मन्त्री अलेजान्ड्रो एन. मेयोर्कासको निर्णय अनुसार टीपीएसको समयावधी थपिएको जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ११ : ५७ बजे