३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

सुनको जलहरीको तौल लिन पुग्यो अख्तियार टोली पशुपतिमा



सुनको तौलमा विवाद भएर अख्तियारमा मुद्दा परेपछि पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको तौल लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मन्दिरमा पुगेको छ । आइतबार अपरान्ह पुगेको टोलीले जलहरीको तौल लिने अख्तियारले जनाएको छ ।

दुई वर्षअघि पशुपतिमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो ।

जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी गरिएको थियो ।

तर महालेखा परीक्षकको कार्यालयले जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । जसमा ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ हिनामिना भएको महालेखाको आशंका महालेखा परीक्षकको कार्यालयले गरेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ५ : ३६ बजे