१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

रवि लामीछानेविरुद्धको रिट सर्वोच्चद्वारा खारेज



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजी मागसहित अधिबक्ता युवराज सफलले दर्ता गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सदस्य रहेको संवैधानिक इजलासले लामिछानेविरुद्धको रिट खारेज गरेको हो ।

यससँगै विदेशी नागरिकता त्यागेको निस्सा पेस नगरी नेपाली नागरिकता लिएको भन्ने उनको दाबीलाई पनि सर्वोच्चले गलत ठहर गरेको छ ।

चितवन क्षेत्र नम्बर २ का सांसद लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि लिएको भन्दै अधिवक्ता सफलले गत जेठ १० गते सर्वोच्चमा अदालतमा रिट हालेका थिए।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेस नगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुरानै नम्बर नागरिकता लामिछानेले लिएको दाबी गरिएको थियो ।

यो रिटलाई सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले जेठ १० मा दर्ता गर्न आदेश दिएको थियो। सांसद हुन रविको अयोग्यतासम्बन्धीको उक्त रिट दर्तासँगै रविले आफूलाई खेद्न नछाडिएको बताएका थिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ६ : ४५ बजे