७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

विवादस्पद ठेकेदार हरिनारायण रौनियार काठमाडौंबाट पक्राउ



विवादस्पद ठेकदार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी विरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको आधारमा रौनियार काठमाडौंबाट पक्राउ गरिएको हो । उनलाई नयाँ बानेश्वर वृत्तले काठमाडौंबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो ।

बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी छ । रौनियार ठूला ठूला निर्माण परियोजनाहरु ठेक्का लिएर समयमा काम नसक्ने वा कमसल खालको काम गर्ने व्यक्तीको रुपमा वद्नाम छन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ५ : १८ बजे