२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

ललिता निवासको जग्गामा तारबार लगाउने भन्दै पुग्यो महानगर प्रहरी



ललिता निवासको मुद्दामा रहेको जग्गामा तारबार गर्न भन्दै काठमाडौं महानगरपालिकाको प्रहरी टोली बालुवाटार पुगेको छ । महानगरले आइतबार दिउँसो नगरप्रहरीको टोली तारबारका लागि त्यहाँ पठाएको हो ।

ललिता निवासको जग्गा किर्ते गरेर विभिन्न व्यक्तिको नाममा लगिएको भन्दै मुद्दा चलिरहेको छ । यही सिलिसलामा विभिन्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर अन्सन्धान गरिरहेको छ ।

सोही जग्गालाई सरकारी भन्दै महानगरले तारवार घ‍ेर्न त्यहाँ रहेका अस्थायी संरचनाहरु हटाउन महानगर प्रहरी पठाएको हो ।

उक्त जग्गा संरक्षणका लागि तारघेर लगाउन लागिएको महानगरले बताएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ४४ बजे