चर्चित नेपाली रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा तामाङको निधन भएको हो ।
रविनको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि उनको मृत्यु भएको खबर पोस्ट भएको छ । पारिवारिकले उनको निधनको खबर आधिकारिक भएको पुष्टि गरेको छ । उनको मृत्युको कारण भने खुलिसकेको छैन ।
तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौँ फिल्महरूमा समेत अभिनय गरेका छन् । चिसो चिसो हावामा, भुलमा भुलियो , जति माया लाए पनिलगायतका गीतहरू उनका चर्चित गीतहरू हुन् ।
रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । रविनले छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौँ फिल्महरूमा पनि अभिनय गरेका छन् ।