१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024

एसइईको नतिजामा गत वर्षभन्दा सुधार, ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या १२ हजार ८४२ ले बढ्यो

एसइईको नतिजामा गत वर्षसम्म सुधार हुँदै ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या २२ हजार ४७५ रहेका छन् । यो गत वर्षको तुलनामा १२ हजार ८४२ ले बढी हो ।

गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या ९ हजार ६३३ रहेका थिए ।

त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या पनि १३ हजार ४४२ ले बढेको छ । यस वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको छ । गत वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनको संख्या ४१ हजार ६२७ रहेको थियो ।

२.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या पनि २ हजार ४६२ ले बढेको छ । गत वर्ष ६९ हजार ९०० ले २.८ देखि ३.२ जिपिए ल्याएकामा यस वर्ष ७२ हजार ३६२ रहेको छ ।

यस्तै, २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ । यो संख्या भने १ हजार ४२७ ले घटेको हो । अघिल्लो वर्ष ९० हजार ७५८ ले यो जिपिए ल्याएका थिए ।

यसवर्ष सबैभन्दा बढी २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी रहेका छन् । यस वर्ष १ लाख २ हजार २९३ ले २ देखि २.४ जिपिए ल्याएकामा अघिल्लो वर्ष यो संख्या १ लाख १२ हजार ७३३ थियो । २ देखि २.४ जिपिएमा १० हजार ४४० घटेका हुन् ।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ५ : १६ बजे