नेपालबाट अमेरिका आएर न्युयोर्क, न्युजर्सि र कनेटिकट राज्यमा व्यवसाय सञ्चालन गदै आइरहेका नेपाली व्यवसायीहरुको साझा सस्था ग्रेटर न्युर्योक नेपाली च्याम्बर अफ कर्मसको अध्यक्षमा न्युयोर्कबासी प्रदिप श्रेष्ठ चुनिएको छ । गत बर्ष दशै र तिहारको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रस्ताव गरि विधिवत रुपमा दर्ता गरि हालै श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
अन्य सदस्यहरुमा नेविन क्षेत्री , लेलिन कडेल , अमित प्रताप शाह , छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अन्जन श्रेष्ठ, गोविन्द लामा, मनिता देवि गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल रहेका छन । यसै गरि ६ सदस्यीय सल्लाहकार समितिमा खगेन्द्र जिसी, डा विनोद शाह, नविन शेरचन, नवराज के सी , पासांग नुरु शेर्पा र जंग ब बम रहेका छन । हाल बनाईएको तदर्थ समितिले तिन महिना भित्र सदस्यता बितरण गरेर अधिवेशन गर्ने गरि सदस्यता अभियान शुरुआत गरेको छ । हाल को लागी सदस्यता लिन IRS बाट EIN लिएर व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुले सदस्यता लिन सक्ने तदर्थ समितिका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिएका छन ।
स्टेट डिपार्टमेंट साथै न्युयोर्क राज्यले जारी गर्ने व्यवसायीक सूचना र सुबिधाहरु नेपाली व्यवसायीहरुले पनि प्राप्त गर्न सकून भन्ने उद्देश्य ले समन्वयकारी भूमिका खेल्नको लागी यस चेम्बर अफ कमर्स स्थापना गरिएको पनि जानकारी दिएका छन । यस संस्था को बैंकिंग कारोबारको लागी नेपालीहरु द्वारा प्रबर्धन गरिएको Everest Federal Credit Union मा बैक खाता खोलिएको छ । न्युयोर्क आसपास व्यवसाय संचालन गरि रहनु भएका व्यवसायी साथिहरु लाई सदस्यता लिई दिनु हुन अनुरोध गरिएको छ ।सदस्यता लिन को लागी संस्था कै वेबसाइट बाट सदस्यता लिन सकिन्छ । हाल लाई सदस्यता शुल्क २५० डलर राखिएको छ । सदस्यता लिनको लागी तलको लिंकमा क्लिक गरेर फर्म भर्न सक्नु हुनेछ ।