प्रधामन्त्री पुष्पकमल दाहालले बोलाएको कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकमा संसदको गतिरोध खलाउन तयार भएको नेकपा एमालेका अध्यक्ष केपी ओली पछि हटेपछि संसदको बैठक फेरी अनिश्चत भएको छ ।
प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको एमालेले त्यसबाट पछि हटेर आइतबार संसद सुचारु गर्न तयार भएको थियो । तर नयाँ सर्तहरु अघि सारेको छ ।
आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री दाहाल, देउवा र केपी ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउने प्रतिबद्धता जनाएका थिए भने त्यही बैठकबाट अध्यक्ष ओली संसद खोल्न तयार भएका थिए ।
तर, केही बेरपछि एमालेले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्ती समेत फिर्ता लिनुपर्ने नयाँ प्रस्ताव राख्यो ।
एमाले पछि हटेपछि प्रधानमन्त्री दाहालले र ओलीबीच टेलिफोनमा फेरि संवाद भएको थियो बताइएको छ ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिपछि बीच बीचमा कसले बोलेका कुरा सबै फिर्ता लिने, प्रष्टिकरण दिने कुरा कसरी सम्भव हुन्छ भनेको बताइएका छ । साथै ओलीले पनि रअका अधिकारीलाई भेटेको आरोप लगाएको एमालेका महासचिव इश्वर पोखरेलले बोलेको विषय उठाएको बताइएको छ ।
गत सोमबार प्रितम सिंहको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिपछि एमाले राजीनामा माग्दै आएको छ । संसद् खोल्न दाहाले बैठक राखेका थिए ।