६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

हत्या गर्छु भनेर ३० करोड माग्नेलाई ५ करोड दिन बोलाएर पक्राउ गराए दुर्गा प्रसाईंले



विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग हत्या गर्छु भन्दै ३० करोड चन्दा मागेको आरोपमा तीन जनालाई पक्राउ गराएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग समन्वय गरेर पक्राउ गराएकामा खोटाङ घर भएका रमेश गुरुङलगायत रहेका छन् ।

प्रसाईको हत्याको योजना बन्दै गरेको भनेर गुरुङको समुहले ३० करोड मागेको बताइएको छ । तर प्रसाईले ३० करोडको ठाउँमा ५ करोड रुपैयाँ लिन भन्दै महाराजगन्ज बोलाएर पक्राउ गराएको बताइएको छ ।

पैसा लिन आएको समुहलाई प्रसाईले दिएको जानकारी अनुसार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ५ : ५४ बजे