२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

राष्ट्रिय सभाबाट पनि बजेट पारित



आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बिहीबार राष्ट्रिय सभाका पनि पारित भएको छ ।

यसअघि बजेट विवादबीच प्रतिनिधिसभाको बैठकबाट पनि पारित भइसकेको छ । बजेट संसद दुवै सदनबाट पारित भएको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक, २०८० राष्ट्रियसभाको बहुमतले पारित गरेको हो ।

बिहीबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए।

यसअघि बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा गरिएका खर्च कटौती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।

विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ बिहीबार नै मन्त्रीहरुले दिइसकेपछि बजेट पारित भएको हो ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ५ : ५४ बजे