६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

विमानस्थलबाट बरामद सुन बट्टासहित जोख्दा १५५ केजी पुग्यो



बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बरामद भएको सुन राष्ट्र बैंकले सुनको तौल लिएको छ ।

उक्त बट्टा (ब्रेक शु)सहित जोख्दा १५५ केजी सुन भएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए ।

बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो ।

बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेपछि उक्त सुन टक्सार महाशाखा लगिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ५ : १३ बजे