६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

२६ सहसचिव को कहाँ सरुवा भए?



सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णय अनुसार विभिन्न मन्त्रालय अन्तरगतका सहसचिवहरु सरुवा गरिएको हो।

निर्णय अनुसार जाजरकोटका प्रमुख जिल्ला अधिकरी फेरिएका छन् । ललितपुर र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन गरिएको छ।

राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेय अर्थमन्त्रालयमा सरुवा भएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।

बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्रालयका सहसचिव अस्मान तामाङले अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ४ : ५६ बजे