गैरआवासीय नेपाली संघ, सयुक्त राज्य अमेरिका (राष्ट्रिय समिति) को अध्यक्षमा डा. अर्जुन बञ्जाडे निर्वाचित भएका छन् । उनले कुल ५ हजार ७ सय ३९ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी दिलु पराजुलीले ४ हजार ८ सय ६ मत पाएका छन् ।
त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती निर्माचित भएका छन् । उनले ४ हजार ९ सय ४५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी अञ्जनकुमार चौलगाईले ४ हजार ७ सय ३५ मत पाए ।
चार जना उपाध्यक्षमा भानु खरेल, ज्ञानेन्द्र गुरुङ, नेत्र पाण्डे र प्रेम तामाङ निर्वाचित भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा सुनिता सापकोटा काँडेल र युवा उपाध्यक्षमा अनुप खनाल चुनिएका छन् ।
महासचिवमा रामहरी अधिकारी ४ हजार ५१ मत पाएर निर्वाचित भएका छन् भने खुला सचिवमा दीपक सापकोटा र महिला सचिवमा शान्ती पौडेल निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा सरोज सिग्देल र सहकोषाध्यक्षमा द्वारिका पाण्डे निर्वाचित भएका छन् ।
निर्वाचन परिणामको विस्तृत विवरण यस्तो छ:
बिस्तृतमा हेर्नको लागि यस लिंकमा हेर्न सकिन्छ ।




