८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

न्युयोर्कमा जिपिके फाउण्डेशनको “मिनी युनाईटेड नेशन्स् फुड एन्ड म्युजिकल फेस्टीवल”



न्युयोर्कको क्वीन्सस्थीत क्वीन्सब्रीज पार्कमा गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको संयोजनमा क्वीन्स् टुगेदर, कोलीएसन अफ एशियन अमेरीकन फर सिभिल राईट्स् र मोरंग समाजको समेत सकृय सहभागितामा एक वृहत मिनी संयुक्त राष्ट्र खाद्य र संगीत महोत्सव, वनभोज एवं सांगीतीक कार्यक्रम तथा योगा प्रशीक्षण आयोजना गरिएको छ ।

“मिनी युनाईटेड नेशन्स् फुड एन्ड म्युजीकल फेस्टीवल” नामाकरण दिईएको सो कार्यक्रममा नेपाल, अमेरिका, क्यानडा, भारत, चीन, वंगलादेश, अजरबैजान, घाना, पाकिस्तान, भुटान, गायना, फिलीपिन्स, स्पेन, म्यान्मार, दक्षिण अफ्रिका, जापान, कोरिया, कम्बोडिया, अफगानिस्तान र श्रीलंका लगायतका देशहरुका प्रतिनिधिहरुलगायत स्थानीयवासी क़रिब ४५० को संख्यामा उपस्थिति थियो । विहान करिब ११ बजे न्युयोर्क राज्यका माननीय सिनेटर ज़ोन लु ले सो कार्यक्रमको औपचारिक उदघाटन गरेका थिए । अमेरिकी राष्ट्रिय गान ओपेरा गायिका एभोईल जोसेफले गाइन भने युनाईटेड नेशन्सका धार्मिक एवं योगा गुरू श्रीदिलीपकुमार थंकपानले शंखधुनका साथ मंगलपाठ एवं शान्तीस्तोत्र मन्त्रोच्चारण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।

सो कार्यक्रममा उद्घाटन मन्तव्य दिंदै सिनेटर लुले नेपाललाई विश्व समुदायसँग जोड्न यो र यस्तो कार्यक्रमले विशेष भुमिका खेलेको रआफुले पछिल्लो दशकदेखि नेपाली समाजको सामाजिक एवं सांस्कृतिक कार्यक्रमहरूबारे चिन्ने र बुझ्ने मौका पाएको, जिपीके फाउन्डेशनले अमेरिकामा सामाजिक कार्यहरूमा अग्रणी भुमिका निर्वाह गर्दै आएकोमा प्रशंसासमेत गरे ।

यस्तै न्युयोर्क क्वीन्सकी डिष्ट्रीक्ट एटोर्नी मेलीन्दा काजकी कम्युनिटी डाईरेक्टर रोकया अख्तरले कार्यक्रममा बोल्दै कार्यक्रमको वेशभुषा र सांस्कृतिक विविधता भित्रको एकता देख्दा आफुलाई खुशी एवं आश्यर्चसमेत लागेको भन्दै विशेष संयोजनको लागि जिपी कोईराला फाउन्डेशन अमेरिकालाई धन्यवाद दिइन् । कार्यक्रममा शुभकामना दिने क्रममा संयुक्त राष्ट्रका लागि विश्व जन परिषदकी अध्यक्ष शेरिल कजानले बोल्दै जिपीके फाउण्डेशनले गरेको “मिनी युनाईटेड नेशन्स् फुड एन्ड म्युजीकल फेस्टीवल” सबैको लागि एउटा प्रेरणाको स्रोत भएको भन्दै आफु कैयौं कार्यक्रमहरुमा भाग लिएको स्मरण गरिन् ।

सो कार्यक्रमको संचालन फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले गरेका थिए भने सहसंचालिकाको रूपमा पुजा कुँवर क्षेत्री थिइन् । कार्यक्रमको शुभारम्भ पूर्व अध्यक्ष घिमीरेले कार्यक्रमको उद्देश्य र महत्ववारे प्रष्ट पार्दै विविधतामा एकताले शान्ति, समृद्धि र प्रगति ल्याउने बताएका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिको रूपमा न्युयोर्क राज्यका गभर्नर र न्युयोर्कका मेयरलाई आमन्त्रित गरिएको भएपिन वहाँहरूको कार्यव्यस्तताले प्रतिनिधि अधिकृतहरू क्रमशः न्युयोर्क राज्यका गभर्नर कार्यालयकी एसियन एफियर्स निर्देशक एलियन फेन, न्युयोर्कका मेयर ऐरिक अडाम्सको कार्यालयकी साउथ ऐसियन कम्युनिटी डाईरेक्टर सुकरेन धनपथ, न्युयोर्कका मेयर ऐरिक अडाम्सको मानव अधिकार कार्यालयकी डाईरेक्टर फ्लोरा फ्रगं उपस्थित थिए । उनीहरुले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे ।

यसैगरी कार्यक्रममा न्युयोर्क क्विन्सकी सिभिल कोर्टकी न्यायाधीश आन्ड्रीया सोवीता वोग्ले, न्युयोर्कसिटीकी काउन्सील मेम्बर जुली वन र न्युयोर्क राज्यका ऐसेम्ब्ली मेम्बर स्टेभन रागाको पनि उपस्थिति थियो । उनीहरुले पनि शुभकामना प्रकट गरे ।

नेपालका पूर्व सांसद विजुल विश्वकर्मा, नेपाल बार एशोशीएसनका पूर्व अध्यक्ष एवं प्राध्यापक तथा बरिष्ठ कानुनविद् शेर बहादुर केसी, नेपाल भिजनका अध्यक्ष मोहन श्रेष्ठ, तामाङ समाज अमेरिकाकी अध्यक्ष विनिता तामाङ, तमु परिवार न्युयोर्क अमेरिकाकी अध्यक्ष मनिता गुरुङ, युनाईटेड शेर्पा एसोसिएशनका पूर्व अध्यक्ष उर्गेन शेर्पा, नेपाल क्लाईम्वर्स एशोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पा, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष निशा सुनार, नेपाली अमेरिकन कलाकार संघका उपाध्यक्षद्वय ऐटना कार्की र बिमल डांगी, महासचिव संगीता थापा, भुटानिज ऐसोसियसन अफ ऐक्रोन ओहायोका अध्यक्ष मनोरथ खनाल, क्वीन्स् टुगेदरका संस्थापक अध्यक्ष जोनाथन फोर्गास, कोलीएसन अफ एशीएन अमेरीकन फरसिभिल राईट्सका संस्थापक अध्यक्ष ऐन्डी चान, वाल स्ट्रीट न्युज ऐजेन्सीका अध्यक्ष एंव २०२३ मिस एसियन पिजेन्टका चेयरमेन युजियाङ मिन, नाभाका संस्थापक अध्यक्ष र अमेरिकी डेमाक्र्याट राजनीतिज्ञ दिलिप नाथ, आवर कलेक्टिभका संस्थापक डा. लियगं यिगं, रेडकमका अध्यक्ष डा. राफायल वलुसा र संस्थापक डा. डेवी ओलुसा, स्पेनकी राष्ट्रीयअभिनेत्री, रेडियो, टिभी होस्ट, कार्यक्रम निर्माता एंव ब्रान्ड एम्बेसेडर सुश्री जोसेन एस्पिनलको पनि उपस्थिति थियो ।

अन्तर्राष्ट्रिय गायक रोनाल्डो आवय र मोरंगसमाज अमेरिकाका प्रतिनिधीहरु बुध्द पौंडेल, हेमु ओझा, सिता ओझा, ससांग ओझा, लोक बि कार्की, मणि पोखरेल, रोशन कँडेल, रुद्रराउत, सुशीला पौडेल, बबिना पौडेल, ब्रायना पौडेल, बिजेश पौडेल, फधिरा अधिकारी, मुना पाख्रेल र रमा अधिकारी, ऐसियन अमेरिकनकल्चरल डान्सकी कार्यकारी निर्देशक किट्टी लिन, ईन्टरनेशनल पुलीस एण्ड भेटेरन्स फाउण्डेशनका अध्यक्ष माईकल चेउगं, मिनी नेपालटिभी अमेरिककी संस्थापक अध्यक्ष एंव २०२३ मिस एसियन पिजेन्टका मेडिया संयोजक सुनीता शर्मा कोईराला, मकैंहाउस मेडियाका संस्थापक कार्यकारी निर्देशक एंव नेपाली अमेरिकन कलाकार संघका उपाध्यक्ष बिक्की पुलामी लगायतको उपस्थिती रहेको थियो भने मिसईमिग्रेन्ट अमेरिकाकी संस्थापक मेगदालेना कुलिज र वॅंहाको संस्थावाट ७ वटा विभिन्न देशको राष्ट्रिय पोशाक पहिरन सहित उपस्थिति थियो।

त्यसै क्रममा न्युयोर्क सिटी मेयरको कार्यालयबाट मेन्टल हेल्थ सम्बन्धी जानकारीमुलक सूचना टेवल राखेर मित्सु पुरी, जियाङ वाङ र दीपक चौधरीले मेन्टल हेल्थ सम्बन्धी उपस्थित सबैलाई सूचना प्रवाह गरेका थिए ।

नेपालीहरुका ज्याक्सन हाईट्सका मेयर केशवराम राई, डिजिटल ब्रिजेज्स फर नेपालका संस्थापक अध्यक्ष सर ऐडमन्ट ऐन्टईन, समाजसेवीहरू जपनित सिंह, श्याम कार्की, वीरेन्द्र मानन्धर, एनआरएन नेता एवंअभियन्ताहरू रामहरी अधिकारी, दुर्गेशजंग कार्की, निल त्रिवेदी, शिव वाँनीया, यम अधिकारी, विजय थुलुंग, राजु रौनीयार, मीन खड्का, वरिष्ट कलाकारहरू क्रमश: राज कपुर, गोविन्द राई, शंकर विसी र सपनाश्री साथै लोकप्रिय नेपाली लोक गायक कलाकारद्वय विमलडांगी र संगीता थापा मगर लगायतको उपस्थित थिए ।

नेपाली अमेरिकन कलाकार संघकी वरिष्ठ उपाध्यक्ष वसन्ती राई र वरिष्ठ नृत्य निर्देशक गोबिन्द राईको नेपाली नृत्यको सबैले प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ६ : ३१ बजे