दोलखाको गौरीशंकर गाउँपालिका–७ मा बिहीबार राति गएको पहिरोमा चार जनालाई बगाएको छ । पहिरोले बगाएका मध्ये दुई जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेमा सोही स्थानका ६० वर्षीय कृष्णमगर र ४९ वर्षीय हरिला श्रेष्ठ रहेका छन् ।
पहिरोमा पुरिएको अवस्थाबाट मार्वु टोपाटारकी ५० वर्षीया देवीमाया मगरको शव फेला परेको हो भने शुक्रबार दिउँ मार्वु टोपाटारकै १५ महिने नाबालक प्रिन्स थामीको शव फेला परेको थियो ।
टोपाटार पहिरोका गम्भीर घाइते भएका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गौरीशंकर–७ मार्बु टोपाटार पहिरोमा परी घाइते भएका ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ ।
यस्तै पहिरोमा परी घाइते भएकी बुहारी सिता थामीको थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए । पहिरोमा बेपत्ता ३ जनाको नेपाली सेना, जनपद र सशस्त्र प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् । पहिरोले गौरीशंकर–८ खारेको सल्लेमा ५ घर बगाएको छ । थप १५ घर विस्थापित बनेका छन् ।
पहिरोमा स्थानीयका ६२ वटा बाख्रा र एक भैंसी मरेको प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।