१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

कैदी हत्या प्रकरणको अनुसन्धानको लागि असईलाई ५ दिन हिरासतमा राख्न अनुमति



संखुवासभाको जिल्ला कारागारमा दुईजना कैदीबन्दीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ भने जेलरबिरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

जेलमा रहेका १९ वर्षीय बिनोद तेलाङ्गी र आकाश बलामीको हत्या प्रकरणमा छानविन गरिरहेको प्रहरीको अनुरोधमा जिल्ला अदालतले चौधरीलाई थुनामा राख्न आदेश दिएको हो । हत्यामा उनको पनि संलग्नताको आरोपमा परिवारले जोहरी दर्ता गरेको थियो ।

गत साउन २३ गते राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर पुनः कारागारमा लगेको थियो । त्यसपछि कारागारभित्रै रहेका कैदी कर्मचारीले कुटपिट गरी हत्या गरेको कारागार प्रशासनले जनाएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : ५२ बजे