सय किलो सुनको रुपमा चर्चित भएपनि जोख्दा तस्करी गरेर ल्याइएको सुन ६० केजी निस्किएको छ । गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनको तौल ६० केजी भएको हो । सुनको गुणस्तर मंगलबार जाँचिने भएको छ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक सुबाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा बुझाएको थियो । सोमबार उक्त सुनको तौल लिइएको हो ।
महाशाखाका अनुसार सुनको एकिन तौल आउन अझै बाँकी रहेको छ । सुन भनिएको वस्तु कस्तो गणस्तरको हो भन्ने कुरा परिक्षणपछि मात्र एकिन तौल आउने बताइएको छ ।
राजस्व अनुसन्धान विभाग, सीआईबी र नेपाल राष्ट्र बैंकका प्रतिनिधिको रोहबरमा सुन लुकाइएको ब्रेक सुको कार्टुन खोलेर जोखिएको थियो ।