४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

रुसले चन्द्रमामा पठाएको अन्तरिक्षयान दुर्घटनाग्रस्त



रुसले चन्द्रमामा पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ । चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको लुना–२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो । लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो ।

यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ५ : ४३ बजे