न्युयोर्कको लगोडिया विमानस्थलमा यात्रु कुरिरहेको टयाक्सीमा आगो दन्कीरहेको बेला सवै भागाभाग थिए । एकाध भिडियो खिच्नमा व्यस्त थिए । निकै अत्यासलाग्दो त्यो परिस्थितिमा आगो निभाउने हिम्मत कसैको थिएन । धेरैजसो आफनै ज्यान जोगाउनकै लागी कुदीरहेका थिए । हुने बेला त्यतिनैखेर निकै पछाडी लाइनमा बसेका चालक ल्हाक्पारिन्जी शेर्पा सवै भागीरहेको बेला दन्दानी बलीरहेको टयाक्सीको आगो निभाउन पार्किङलटमा राखेको फायरइष्टीगेसर ल्याएर आगो निभाउन थाले । उनले आगो निभाउदै गरेको भिडियो छिनभरमै विश्वभरि भाइरल भयो ।

‘ ल्हाक्पारिन्जीले लगोडियामा आगो ननिभाएको भए लगोडिया विमानस्थलमा कतिको क्षति हुन्थ्यो होला कसैले पनि अनुमान लगाउन सकिन्दैथ्यो । ‘ न्युयोर्कको टयाक्सी चालक मोहम्मदले भने-‘ धन्न उनले गर्दा ठुलो क्षति हुनबाट जोगायो ‘ । हुन पनि त्यस दिन उनले आगो ननिभएर दमकललाई कुरेर बसेको भए त्यो दन्केको आगोले टयाक्सीको इन्जिन पडकेर धेरै टयाक्सीहरुमा आगो लागेर विमानस्थलले कस्तो रुप लिन्थ्यो भनेर कसैले पनि अनुमान लगाउन सकिन्दैन्थ्यो ।

‘ सवै जना भागीरहेको देख्दा गोलि चल्यो की क्या हो भनेर हेर्न जादा टयाक्सीमा दन्दानी आगो बलिरहेकेा देखेपछि मैले जानेको अनुभवको आधारमा ३० सेकेण्डभित्र आगो निभाउन सफल भयो ‘ सोलुखुम्बुका ल्हाक्पारिन्जी शेर्पाले भने-‘ मलाई आफनो ज्यान भन्द पनि टयाक्सीमा लागेको आगोले धेरैको जीउधन र त्यत्रो नया विमानस्थललाई क्षति नहोस भनेर निभाउने शाहस गरेको हो ‘ । उनी नेपालमा पनि विभिन्न दुर्घटनाहरुमा उद्धार गरेको अनुभवकै आधारमा यो कार्य गर्न सफल भएको उनले बताए ।
लगोडिया विमानस्थलमा ल्हाक्पारिन्जीले गरेको शाहसीक कार्यकै कारण विमानस्थल परिसरमा चिन्दै नचिनेका चालकहरु र लगोडियाका कर्मचारीहरुले उनलाई स्यावासी दिदै आइरहेका छन । लगोडियमा फयरफाइटर शेर्पाले चिनिएको
ल्हाक्पारिन्जीलाई बुधाबार न्युर्योक सिटिको एसेम्बलीओमेन जेनिफर, कंग्रेसओमेन ग्रेसमिंग, काउन्सीलम्यान शेखरकिसान, न्युयोर्क राज्यको कम्ट्रोलर ब्राडल्यान्डरले हिरो उपाधीले विशेष सम्मान गरेका छन । उक्त अवसरमा लगोडिया विमानस्थलको जनरल म्यानेजर एन्थोनीसिभेलोले न्युयोर्क सिटिमा शाहसीक कार्य गर्नेलाई दिदै आएको व्रेवरी मेडल शाहसीक पदकसंगै मायाको चिनो दिएर सम्मान गरेका छन ।

‘ निस्वार्थ भावनाले गरेको कामको मुल्याङकन गरि मलाई न्युयोर्कसिटिका अधिकारिहरुले सम्मान गरेकोमा गर्व महसुस भइरहेको छ’ । उनी अमेरिकामा आउन अघि नेपालमा पनि दैविविपत्तिमा परेकाहरुको उद्धारकार्यमा लाग्दै आएका थिए । फलाइट एटेडेन्सको रुपमा काम गर्दा सन १९९६ मा मनाङ र सगरमाथा क्षेत्रमा पहिरोमा परेको पर्यटकलाई उद्धार गरेका थिए । दैविविपत्तिमा परेकालाई उद्धार गरि शाहसीक कार्य गरेवापत राजा विरेन्द्रको जन्मोत्सवको अवसरमा नेपाल सरकारले ल्हाक्पारिन्जीलाई विशेष सम्मान गरेका थिए । उनलाई चाडै न्युयोर्कको मेयर र गर्भनरले पनि सम्मान गरिने भएको छ ।









