चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकहरुलाई प्रदान गरिएको छ । कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्र वाइसमानलाई संयुक्त रूपमा नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको हो ।
सन् चार बर्षअघ मा कोरोना सुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानमा खटिएका थिए । एमआरएन प्रविधि क्यान्सरसहित अन्य रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ ।
कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको समेत नोबेल कमिटीले जनाएको छ । ‘आधुनिक समयमा मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो संकटका दौरान पुरस्कार विजेताले अभूतपूर्व रूपमा खोप विकासमा योगदान दिएका छन्,’ नोबेल पुरस्कार कमिटीले भनेको छ । कोरोना महामारीका बेला मोडर्ना, फाइजर/बायोएनटेकलगायतका कम्पनीले एमआरएनए प्रविधिमा आधारित खोप बनाएका थिए ।
सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा १ करोड १० लाख स्विडिस क्रोनर(१० लाख अमेरिकी डलर) दिइनेछ ।