नेपाल इन्भेष्मेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि जागिर गुमेका एक युवा सोमबार त्रिसुली नदीमा हाम फालेका छन् । हेटौंडास्थित तत्कालिन मेगा बैंकको शाखा प्रबन्धक रहेका मकवानपुरका ३८ वर्षीय निरञ्जन देवकोटाको मर्जर पछि जागिर गएको थियो ।
सोमबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेंसीस्थित नयाँ पुलबाट देवकोटा त्रिशूलीमा हामफालेर बेपत्ता भएको बताइएको छ ।
उनको बा.प्र. ०३–००५प ४१७६ नम्बरको एभेन्जर मोटरसाइकल भने नयाँ पुलमै भेटिएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सोमबार साँझ त्रिशुलीमा हामफलेका देवकोटाको खोजी मंगलबार बिहानबाट सुरु गरिएको छ ।
परिवारले भने जागिर गएदेखि नै एक्लै बस्ने, टोलाउने खालको अबस्थामा रहेको बताएका छन् ।