१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

फेसबुक स्टाटसबाट बढेको तनावले नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु



छद्म नाममा रहेको एउटा फेसबुक आइडीमा राखिएको एउटा स्टाटसका बारण बढेको तानवले बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाउनु पर।्ने अवस्थामा पुगेको छ ।

उक्त फेसबुक आइडीमा मुस्लिम धर्माका प्रवर्द्धक मोहम्मदका बारेमा गाली बेइजत हुने गरी स्टाटास राखिएको र त्यसको विरुद्धमा मुस्लिम समुदायले प्रदर्दन गरेको बताइएको छ ।

उक्त प्रदर्शनमा उत्तेजक नारा लगाएको तथा हिन्दूहरुलाई आक्षेप लगाएको भन्दै केही हिन्दु संगठनहरुले पनि प्रदर्शन गरेपछि संभावित तनावलाई साम्य बनाउनका लागि कफ्यु लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेका छन् । केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो ।

मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ५ : ४३ बजे