१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

नर्थक्यारोलिनामा खेन्पो वागिन्द्रद्धारा जीवन दर्शनको प्रवचन र अन्तरक्रिया ।


Ang

१७ आश्विन २०८०, बुधबार  

102
Shares


बौद्धधर्मगुरु खेन्पो वागिन्द्र शिलले नर्थक्यारोलिनामा मानव जीवनमा बुझनु पर्ने शील, समाधी र प्रज्ञाको बारेमा प्रवचन दिनु भयो । प्रष्ट नेपाली भाषामा दिनु भएको उहाको प्रवचनले उपस्थित सहाभागीहरुले धेरै कुराहरु सिक्न र जान्ने मौका पाएका थिए । कार्यक्रम नर्थक्यारोलिनास्थित नेपालीहरुको साझा सस्था एनसिएनसिले आयोजना गरेका थिए । स्थानीय मोरिसभिलस्थित हिन्दु मन्दिरमा भएको कार्यक्रममा खेन्पो वागिन्द्रले मानव जीवनमा भोग्नु पर्ने तनाव, यसको व्यवस्थापनसंगै जीवन दर्शनको बारेमा शिक्षा दिनु भएका थिए ।

प्रवचन र अन्तरक्रियापछि खेन्पोले सिन्धुपाल्चोक जिल्लाको माङखमा नमुना बुद्ध पार्क बनाउने अभियानमा जुटेको जानकारी पनि दिनु भएका थिए । धर्मगुरु खेन्पो वागिन्द्रको पहिलो पटक नर्थक्यारोलिनामा भएको कार्यक्रम सफल बनाउन एनसिएनसिका अध्यक्ष आरपि पौडयाल, महासचिव डा विकास शाक्य, दिन्डु लामा हयोल्मो, जितमान बस्नेत, कर्मा शेर्पा, आङछिरिङ शेर्पा र ङिमा पाख्रिन खटेका थिए । कार्यक्रमको अन्तमा खेन्पो वागिन्द्रलाई एनसिएनसिले बौद्धधर्मको विकासमा योगदान पुर्‍याएको भनी सम्मान गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : १७ बजे