४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

नोबेल साहित्य पुरस्कार नर्वेका लेखक जोन फोसलाई



यसपालिको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई दिइएको छ । नोबेल पुरस्कार समितिले बिहीबार फोसलाई साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो ।

फोसका सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको समितिले ठहर गरेको छ । ६४ वर्षीय नाटककार तथा लेखक फोसले ड्रिम अफ अटम, द नेम लगायत नाटक लेखेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ५ : २५ बजे