१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

हमासको आक्रमणमा १० नेपालीको मृत्यु



शनिबार बिहान इजरायलमा स्लामिक अतिवादी समुह हमासले आक्रमणमा गर्दा १० जना नेपालीको मृत्यु भएको छ । इजरायलस्थित दूतावासले यसको पुष्टी गरेको छ ।

हमासको सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू
परेका हुन् । किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो।

सोही फार्ममा रहेका विद्यार्थीमध्ये २ जना सुरक्षित रहेको तथा ४ जनाको उपचार भइरहेको छ भने एकजना बेपत्ता छन्।

मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६का गणेश कुमार नेपाली, कैलाली, बौनिया–३का आशिष चौधरी, दार्चुला, लेकम–५का दिपेश राज विष्ट, धनुषा, सपही–६का आनन्द साह, सुनसरी, मधुवन–१का राजेश कुमार स्वर्णकार, डोटी, पचनली–३का राजन फुलारा, डोटी, लामिखाल–८का पदम थापा, सल्यान, शारदा–३का प्रवेश भण्डारी, दार्चुला, मालिकार्जुन–४का लोकेन्द्र सिं धामी रहेका छन्।

सल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी त्रिशक्ति–४ का वीरेन्द्र चौधरी सुरक्षित छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १० : ५६ बजे