८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

हमास र इजरायली आक्रमणमा ३६००जनाको मृत्यु, उत्तरी गाजा छाड्नेको भीड



हमासको आक्रमणमा परी मारिने इजरायलीको संख्या १३०० पुगेको छ भने त्यसको प्रतिउत्तरमा इजरायली सेनाले गरेको आक्रमणमा २३०० प्यालेस्टाइनी मारिएको बताइएको छ ।
गत शनिबार हमासका लडाकुहरुले इजरालमा पसेर र गाजा क्षेत्रबाट रकेट हनेर आक्रमण गरेपछि सुरु भएको आक्रमण र प्रत्याक्रमण आइतबार आठौं दिन पनि जारी छ । इजरायमाथी फट्टफुट्ट रुपमा लबनानमा रहेका स्लामिक लडाकु समुह हज्बुल्लाले पनि आकेरमण सुरु गरेको छ भने हमासको रकेट आक्राण अझै रोकिएको छैन ।

यसैबीच इजरायली सेनाले उत्तरी गाजाका करिब ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणतर्फ जान भनेपछि थप संकट देखा परेको छ। हमासविरुद्ध जवाफी कारबाही बढेको उल्लेख गर्दै उसले उत्तरी गाजाका बासिन्दालाई दक्षिण गाजामा जान भनेको हो ।

इजराली सेनाको आदेशसँगै हजारौं मानिसहरु गाडी बग्गी र पैदलै घर छाडेर भाग्दै गरेको देखिएको छ । तर लडाकु समुह हमासले भने उत्तरी गाजा नछाड्न चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार यो संख्या पूरा गाजामा रहेका बासिन्दाको लगभग आधा हो । पूरै गाजमा २० लाखभन्दा बढी मानिसको बसोबास रहेको छ । संयुक्त राष्ट्र संघले यति ठूलो संख्यामा दक्षिणी गाजा जान सहज नभएको बताएको छ । उनीहरू आक्रमणमा पर्न सक्नेसमेत राष्ट्र संघले जनाएको छ । राष्ट्र संघका अनुसार गाजामा ३ लाख ४० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

इजरायली सेनाले भने हमासविरुद्ध जमिनी आक्रमणलाई बढाउने चेतावनी दिएको छ । आईडीएफका प्रवक्ता डानियल हगारीले ११ लाख मानिसलाई सार्न समय लाग्ने कुरा आफूहरूलाई राम्रोसँग थाहा भएको बताएका छन् ।

‘यो युद्धक्षेत्र हो । हामी उनीहरूलाई समय दिन खोजिरहेका छौँ । हामीलाई थाहा छ कि यसका लागि २४ घण्टाभन्दा बढी समय लाग्दैन,’ बीबीसीसँगको कुराकानीमा प्रवक्ता हगारीले भनेका छन् । हमासले भने इजरायली सेनाको निर्देशनलाई बेवास्ता गर्न गाजाका बासिन्दालाई आग्रह गरेको टाइम्स अफ इजरायलले जनाएको छ । आईडीएफका प्रवक्ता हगारीले गाजाका मानिस सुरक्षित स्थानमा नगए त्यसबाट आउने परिस्थितिको जिम्मेवार हमास नै हुने जनाएका छन् ।

यसैबीच हमासले आफ्नो कब्जामा रहेका १३ जना सर्वसाधारण इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ । मारिनेमा केही विदेशी नागरिकसमेत रहेको जनाए पनि विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन । हमासले टेलिग्राममा इजरायली आक्रमणमा ‘१३ जना इजरायली बन्दी’ मारिएको बताएको हो ।

हमासले १५० भन्दा बढीलाई बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हमासको आक्रमणमा १३ सयभन्दा बढीको मृत्यु भएको छ भने इजरायली आक्रमणमा १४ सयभन्दा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । हमासको आक्रमणमा परी १० नेपाली नागरिकको समेत मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ४२ बजे