गैरआवासीय नेपाली संघमा उम्मेदवारको लर्को, चार जना अध्यक्षको प्रत्यासी
गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशन नजिकिंदै गर्दा उम्मदवारी घोषणाको लर्को लागेको छ । नेतृतत्वका आकांक्षीहरु राजनीतिक दलको समर्थन जुटाउन दौडधुप जारी रहेको छ ।
हालसम्मको जानकारी अनुसार अध्यक्षको उम्मेदवारीमा यसअघि छ महिने अध्यक्ष भइसकेका दुईसहित चार जनाले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका रुसका डा. बद्री केसी र अमेरिकाकी रविना थापा यसअघि नै छ महिनाको दरले अध्यक्ष भइसकेका व्यक्तिहरु हुन् भने जापानका महेशकुमार श्रेष्ठ र कतारका राजेन्द्रकुमार शर्मा नयाँ हुन् ।
११ औं महाधिवेशनमा ४ हजार २ सय प्रतिनिधिले फेसियल भेरिफिकेसनको आधारमा अनलाइनबाट वा काठमाडौंमा उपस्थित भएर मतदान गर्न पाउँछन्। मतदानको लागि काठमाडौं नै आउनुपर्ने अवस्थाको भने अन्त्य भएको छ।