चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । वेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार श्रेष्ठलाई गएराति १२ बजे हृदयाघात भएको हो ।
श्रेष्ठले छात्ती दुख्यो भनेपछि राति नै उनलाई बेइजिङस्थित इन्टरनेशनल मेडिकल साइन्सेज हस्पिटल भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले श्रेष्ठको कोरोनरी आर्टरी ब्लकेज भएको बताए ।
राति नै तुरुन्तै उनको मुटुको एन्जीओप्लास्टी गरिएपछि उनको अवस्था स्थित रहेको बतायएको छ । उनलाई २४ घण्टासम्म अस्पतालमै अब्जर्भेसनमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
आइसीयूमा राखेर उनको उपचार चलिरहेको छ । चिकित्सकका अनुसार श्रेष्ठ खतरामुक्त्त छन् । तीन दिनअघि श्रेष्ठ बीआरआई सम्मेलनमा भाग लिन चीन पुगेका थिए भने शुक्रबार फर्किने कार्यक्रम थियो ।