समाजिक सञ्जालमा महिनौदेखि प्रचार गदै आएको एनआरएनए आइसिसिको ११ औ महाअधिबेसन सम्पन्न हुन नपाउदै दुई समुहमा विभाजित भएको छ । यो समेत गरि एनआरएनए ३ समुहमा विभाजित भएको छ । गत १० औ अधिबेसनमा केही समुहले अधिबेसनमा खुराफती गरि आफुखुसी ३ जना अध्यक्ष चयन गरेपछि पुर्व अध्यक्ष शेष घले समुहले अर्के कार्यसमिति बनाएको थियो । यस पटक अष्ट्रिलियन आइटि कम्पनि भेरो भोटिङले बद्री केसी अध्यक्ष, उपाध्याक्षमा रोविन शेरचन, हेमराज शर्मा, महासचिवमा गौरि जोशि लगायत निर्वाचित भएको घोषणा गरेको थियो ।
प्रत्यक्ष र अनलाइन दुबैको माध्यामबाट भएको मतदानमा श्रेष्ठ समुहबाट उपाध्याक्षको उम्मेद्धवर बनेका डा केशव पौडेलको नाममा काठमाडौबाट जिरो मत खसेको देखाएको लगतै निर्वाचनमा धाधली भएको शंकाका साथ विवाद शुरु भएको थियो । भेरो भोटिङले तथ्याङ गलत देखाएर निर्वाचन धाधली भएको भनी अध्यक्षको प्रत्यासी आरके शर्मा र महेस श्रेष्ठले पुन निर्वाचन हुनु पर्ने माग राखेका थिए ।
मतदाताले मत दिइसकेर पनि काठमाडौबाट उम्मेद्धावरको नाममा जिरो मत देखाउनु निर्वाचन कमिटि र सिष्टम दुबैको गल्ति थियो । त्यही गल्ति छानवीन गरेर मात्र निर्वाचन कमिटिले विजयी घोषणा गरि सपथ दिलाउनु पर्ने थियो । तर निर्वाचन कमिटिले हतारहतार समास्या समाधान गर्न छाडेर सपथ दिलाएपछि निर्वाचनमा दोश्रो स्थानमा आएका आरके शर्माले पत्रकार सम्मेलन गरि आफनो नेतृत्वमा उपाध्याक्ष डा केशव पौडेल, महासचिव बुद्धि सुवेदी र सचिवमा कृष्ण जिवि पन्त र उपसचिवमा प्रमोद सिटौला निर्वाचित भएको भनी अर्को समान्तर कमिटि गठन गरेका छन ।
८२ देशमा रहेको नेपालीहरुको नाममा खोलेको एनआरएनए आइसिसिमा पटक पटक भएको गलत कार्यले विदेशमा बस्नेहरु नेपालीहरु सबै लज्जित भएका छन । नेपालमा दर्ता भएको एनआरएन आइसिसि नेतृत्वले गदै आएको गलत कार्यहरुमाथि छानवीन गर्न परराष्ट्र मन्त्रालयमा उजुरिहरु दर्ता गरिसकेका छन । तर नेपाल सरकारले यस बारे कस्तो निर्णय गर्ला त्यो हेर्न बाकी छ ।