बिके राई (सन्तोष)
न्युयोर्क, अमेरिका । हालै युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को आयोजनामा बरिष्ठ छालारोग बिशेषज्ञ (सर्जन) डाक्टर शंकर राई र नेपाली काङ्रेस केन्द्रिय सदस्य मा. डा. चन्द्र भण्डारीसँगको साक्षात्कार कार्यक्रम् सम्पन्न भएको छ।
न्युयोर्कको एलम्हर्स्ट, ज्याक्सन हाइटस्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा सम्पन्न उक्त कार्यक्रममा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष ममता खालिङ राईको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि जलन पीडित मानानीय डा.चन्द्र भण्डारी र बिशेष अतिथिमा जलन तथा जन्मिदै ओठ नमिलेको वा खोडे बालबच्चाको सफल सल्यक्रिया गर्दै आएका डाक्टर शंकर राई थिए ।

कार्यक्रममा मन्तब्य दिने क्रममा डा. राईले नेपालमा जलनको बिरामी उपचार अस्पातल स्थापना गर्नको लागि सरकारलाई धेरै अनुरोध गरेको तर सुनुवाई नभएको गुनासो गरे । उनले नेपालमा जलन अस्पातल स्थापनाको लागि देश बिदेशबाट सहयोगको अपिल पनि गरेका थिए । नेपालमा जलनको बिरामी उपचार अस्पातल स्थापना गर्न सके धेरै नेपाली जनताहरुले अकाल ज्यान गुमाउनबाट जोगाउन सकिने र कम खर्चमा उपचार हुने कुरा ब्यक्त गरे ।
उक्त कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका सांसद भण्डारीले नेपाल सरकारलाई संसदमा धेरै पटक नेपालमा जलन अस्पातल स्थापनाको लागि कुरा उठाएको बताए । उनले नेपालमा नयाँ संबिधान आए पनि त्यस्को पूर्ण पालना नभएको गुनासा ब्यक्त गरे । उनले नेपालमै जलन अस्पातल खोल्नको निम्ति डाक्टर राईका साथ आफु लागि परेको बताए । गत २०७९ फागुन ४ गते राति भएको ग्यास सिलिण्डर लिक भएर आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको थियो भने उनी आफै घाइते भएर भारतमा उपचार गरेर निको भएका थिए ।
उक्त कार्यक्रममा अन्य बिशेष अतिथीहरुमा कालेजपोइन्ट सिभिक ट्याक्स्पेयर अशोशिएसनका अध्यक्ष तथा न्युयोर्क सिटी मेयोरका एशिया मामिला सल्लहकार एबम् हामी नेपाली ग्लोबलका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज केसी, एनआरएनए न्युयोर्क अमेरिकाका हालै निर्वाचित अध्यक्ष हेमन्त मल्ल, मिनिटरी एम्पावोर्मेन्ट नेटवोर्कका अध्यक्ष श्याम कार्की, समाज सेवी बिबेक मल्ल, सामाजिक अभियानता इन्दिरा घर्ति मगर, ह्यावनली पाथ न्युयोर्क च्याप्टरका अध्यक्ष मन्जु बिष्ट, आदिवासी जनजाति महासंघ अमेरिकाका सभामुख सुबर्ण शाक्य, हामी नेपाली ग्लोबलका न्युयोर्क च्याप्टर अध्यक्ष बिरेन्द्र जंग, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर महासचिव सुर्य शिम्खडा, बृहत्तर सूदूरपश्चिम नेपाली समाज अमेरिकाका अध्यक्ष टंक भन्डारी, चितवन समाज अमेरिकाका महासचिव रमेश पाठक थिए ।

उक्त कार्यक्रममा युक्राका केन्द्रिय उपाध्यक्ष केसव राम राईले स्वागत मन्तव्य दिएका थिए । उनले स्वागत मन्तव्य दिने क्रम्मा न्युयोर्कमा रहेका नेपाली समाजले नेपालमा जलनमा पर्ने बिरामीहरूलाई उपचार गर्ने हस्पिटल बनाउन जस्तो सुकै पनि सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा मन्तव्य दिने क्रममा न्युयोर्क मेयरका एशिया मामिला सल्लाहकार नवराज केसीले नेपालमा जलन उपचार केन्द्र अस्पताल बनाउन सके धेरै नेपालीले अकालमै ज्यान नगुमाउने र आम नेपालीलाई राहत मिल्ने बताए । त्यस्तै अध्यक्ष श्याम कार्कीले पनि अमेरिकाबाट जलनको अस्पताल बनाउनलाई सक्दो सहयोगको अपिल गर्ने बताए ।