११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

संयुक्त राष्ट्र संघका महासचिव पोखरा पुगे, भोलि अन्नपूर्ण बेस क्याम्पमा सम्बोधन गर्ने



नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस पोखरा पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् गुटरेस पोखरा गएका हुन् । पोखराको पुरानो विमानस्थल ओर्लिएका गुटरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य लगायतले स्वागत गरेका थिए ।

विमानस्थलबाट गुटरेस बस्नका लागि फेवाताल पारी रहेको फिस्टेल लज गएका छन् । उनी मंगलबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत् ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प जाने कार्यक्रम छ ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेका असरबारे बुझ्न उनी बेस क्याम्प जाने तयारी रहेको जनाइएको छ । अन्नपूर्ण आधार शिविरमा उनले स्थानीय समुदायले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याबारे जानकारी लिने र सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ । बेस क्याम्पबाट फर्किएपछि गुटरेस मंगलबार नै लुम्बिनी प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ५ : १७ बजे