गिरीजा प्रसाद कोईराला फाउण्डेशन, अमेरिका अध्यक्ष सोमनाथ घिमीरे घानामा सम्मानित भएका छन् । उनलाई मानवीय पुरस्कार ग्लोबल-घानाले समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुसँगै सम्मान गरेको हो ।
यो संस्था स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मानवीय कार्यहरुमा उच्च योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्न स्थापना गरिएको हो ।
मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले अध्यक्ष घिमिरेको नेतृत्वमा गिरीजा प्रसाद कोईराला फाउण्डेशन, अमेरिकाले बिषेश गरी कोरोना कहरका बेला नि:स्वार्थ समर्पित भएर काम गरेकोले सम्मान गरिएको जनाएको छ ।
सम्मानपत्रमा भनिएको छ, “कोरोना कहरका बेला तपाईको नेतृत्वमा निस्जार्थ समर्पण र प्रेरणाको कारण, विभिन्न क्षेत्रका र समुदायहरुको समर्थनमा, मानवीय पुरस्कार ग्लोबलको व्यवस्थापनले तपाईंलाई “मानवीय पुरस्कार ग्लोबल” बाट सम्मानित गर्न पाउँदा हामीलाई गर्व लागेको छ । तपाईले समाजमा खेल्नु भएको मानवीय कार्य उच्च प्रशंसनीय छ र निरन्तरताको पनि कामना छ ।”
सम्मानपत्रमा सम्मानको अनुरोधलाई विचार गर्दै स्वीकार गरिदिएकोमा आभारी व्यक्त गर्दै घानामा स्वागत र सम्मान गर्न पाउॅंदा हर्षित भएका पनि उल्लेख छ । मानवीय पुरस्कार ग्लोबल-घानाले प्रत्येक वर्ष विश्व भरिबाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरुलाई छनौट गरेर दिइउने सम्मान हो ।
यस वर्ष विश्वभरीबाट ४८ जनालाई मानवीय पुरस्कार ग्लोबलले सम्मान गरिएको छ । घानाको अक्रामा संचारकर्मीहरुसॅंग कुराकानी गर्दै सोमनाथ घिमीरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउॅंदा गौरव लागेको उल्लेख गर्दै यसलाई जीवनकालककै उपलब्धि उल्लेख गरेका छन् । साथै पुरस्कार प्राप्त गर्दै गर्दा आफ्मा अब नेपाल, अमेरिका र अफ्रिकी राष्ट्रहरु बीच पुलको निर्माण गर्ने र यी देशहरुबीच शान्ति, समृद्धि र प्रगतिको लागि थप पहल गरिनु पर्ने बताउ ।
उनले अब छिट्टै घाना, नाईजेरिया, सेनेगल, बेनिन, टोगो, कोर्टे ड्वायर र बुर्किना फासोमा गिरीजा प्रसाद कोईराला फाउण्डेशन स्थापना के कसरी गर्ने भन्ने बारे ती देशका सम्मानित व्यक्तिहरुसॅंग छलफल गरेको पनि बताएका छन् ।
गिरीजा प्रसाद कोईराला फाउण्डेशन, अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई महामहिम महेर खीर – घानाका लागि लेबनानका राजदूतले “रूपान्तरण नेतृत्व पुरस्कार” ले सम्मान गरेका थिए । अध्यक्ष घिमिरे २०२३को यो सम्मान पाउने एक मात्र नेपाली अमेरिकन हुन् । घिमिरे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार समेत हुन् ।
मानवीय पुरस्कार ग्लोबलकी आयोजक विसडम डोर्डोले अध्यक्ष घिमिरेले समाजको रूपान्तरणमा गरेको योगदानविभिन्न अफ्रिकन मिडिया, पत्रपत्रिका र सामाजिक सञ्जालहरु मार्फत प्रकाशन प्रसारण गर्ने र फाउण्डेशनसँग साझेदारी गरिने उल्लेख गरे ।








