१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

राष्ट्रपति पौडेलको युरोप यात्रा स्थगित, भूकम्प प्रभावित क्षेत्र जाने



राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित क्षेत्र जाने तयारी गरेका छन् । भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भइरहेको बेला राष्ट्रपति कार्यालयले भ्रमण स्थगित भएको जानकारी गराएको हो ।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते जाने कार्यक्रम थियो । तर भूकम्पसहितका अन्य संकटका कारण नागरिकहरू पीडामा रहेका बेला पौडेलको भ्रमण स्थगित भएको हो ।

पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सोमबार एक विज्ञप्ति निकालेर युरोप भ्रमण स्थगित भएसँगै अब भूकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम तय भएको उल्लेख गरेका छन् ।

बिज्ञप्ती अनुसार राष्ट्रपति पौडेल मंगलबार जाजरकोटसहितका भूकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति पौडेलले प्राकृतिक विपत्ति आइपरेका बेला देश छाड्न उपयुक्त नहुने निष्कर्ष निकालेको पनि बिज्ञप्तीमा उल्लेख छ ।

फ्रान्स, जर्मनी र इटालीबाट आएको निम्तासँगै तीन दशकमा पहिलो पटक ती देशका प्रमुखसँग भेट्ने अवसर पनि देशमा परेको विपत्तिका कारण गुमाउनु परेको शीतल निवासले जनाएको छ ।

नेपाल र नेपाली जनताका लागि महत्वपूर्ण अर्थ राख्ने भ्रमण भए पनि अब युरोप जाने कार्यक्रम रोकेर राष्ट्रपति जाजरकोटतिर जाने भएका हुन् । मुलकुस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली दुतावास वा महावाणिज्य दुतावासमा निवेदन दिई नेपाली नागरिकता परित्याग गर्न सकिने पनि सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ४० बजे