न्यूयोर्क । गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले न्यूयोर्कको सिटी हल च्याम्बर्समा दीपावली कार्यक्रमको अवसरमा भाषण दिएका छन् ।
न्युयोर्क शहरको सिटी हलमा पहिलो दीपावली कार्यक्रमको आयोजना न्युयोर्क सिटी काउन्सिलकी अध्यक्ष एड्रिएन एडम्सले गरेकी थिइन् साथै सिटी काउन्सील मेम्बर शेखर कृष्णनले संचालन गरेको कार्यक्रममा अध्यक्ष घिमिरेले दीपावली उत्सवका अवसरमा मन्तब्य दिएका हुन् ।
यो त्यो विशेष कार्यक्रम ऐतिहासिक किन छ भने सन् २०२४ बाट दिपावलीको दिन न्यूयोर्क शहरका सबै सार्वजनिक विद्यालय बिदा हुनेछ । घिमिरेले न्यूयोर्क राज्यको अल्बानीमा यो विधेयक पारित गर्नका लागी समर्थन गर्ने सबै निर्वाचित अधिकारीहरूलाई धन्यवाद दिएका छन् ।
उनले भने ऐतिहासिक कानूनमा हस्ताक्षर गरेका गभर्नर माननीय क्याथी होलचुललाई ह्रदयबाट नमन, मेयर माननीय एरिक एडम्सको प्रतिबद्धता र दक्षिण एसियाली समुदायप्रति निरन्तर सहयोगको लागि धन्यवाद र यस महत्त्वपूर्ण विधेयकको नेतृत्व गर्ने सभासद माननीय जेनिफर राजकुमारलाई विशेष विशेष धन्यवाद ।
अब सन २०२४ को दिपावली हाम्रा बाल-बच्चाहरू आफ्ना परिवारका सदस्यहरूसँग दीपावली मनाउन पाउँदा खुसी हुनेछन । यो दक्षिण एसियाली समुदायका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो । यस सिटी हल च्याम्बर्समा दीपावली मनाउने मौंका पहिलो पटक दिनु भएकोमा सिटी काउन्सिलका अध्यक्ष एड्रिएन एडम्सलाई धेरै धेरै धन्यवाद र यो हामी सबैका लागि ऐतिहासिक र गर्वको क्षण हो उनले मन्तब्यका क्रममा भने ।
घिमिरेले दिपावली बिलको सह-प्रायोजन गरेकोमा काउन्सिल मेम्बर लिन्डा लीलाई धन्यवाद दिंदै काउन्सिल मेम्बर शेखर कृष्णनको नेतृत्व र दक्षिण एसियाली समुदायहरु माझ अल्पसंख्यक नेपाली समुदायहरुलाई अटुट समर्थन गरेकोमा र समस्याहरुको समाधानको पहल र समुदायको उत्थान कार्यमा सहयो गरेकोमा ह्रदय दिए ।
हामीलाई सल्लाह र सहयोग गर्ने मेयरको कार्यालयबाट अन्तर्राष्ट्रिय मामिलाका उपायुक्त दिलीप चौहान र दक्षिण एशियाली सामुदायिक मामिला इकाई मेयरको कार्यालयकी सुक्रानी दानपथलाई नेपाली अमेरिकन समुदायप्रतिको माया र समर्थनको लागि नेपाली अमेरिकनको तर्फबाट धन्यवाद उनले थपे ।
कार्यक्रममा सिटी काउन्सिल मेम्बरहरु अमान्डा फारियास, लिन शुलम्यान, जेम्स एफ जेनारो, शाहाना हनिफ, लिन्डा ली, डेमोक्र्याटिक पार्टीका जिल्ला नेताद्वय रिचार्ड डेभिड, निता जैनलगायत घर्म गुरुहरु, बिभिन्न समुदायका नेतागणहरु र सदस्यहरुको बाक्लो उपस्थिति थियो ।