१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024

पिकनिक गएको स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु



उदयपुरमा पिकनिक गएको स्कुल बस शनिबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। १–०५–००१ ख ००४४ नम्बरको स्कुल बस दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा १२ जना गम्भीर र २५ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।

मृतक तीन जनाको सनाखत भएको र ज्यान गुमाउनेमा चालक बिखन चौधरी, सात वर्षीया सन्या चौधरी र छ वर्षीय विकास चौधरी रहेका छन् । बस मदन भण्डारी राजमार्गअन्तर्गत् उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको थियो ।

गम्भीर घाइते १२ जनालाई उपचारको लागि विराटनगरतर्फ लगिएको र २५ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।

अन्नपूर्ण विद्यालयको बस त्यहीका स्थानीयले पिकनिक प्रयोजनका लागि लगेको बुझिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ५ : ०१ बजे