यूक्रेनबिरु$को लडाइका लागि रुसी सेनामा भर्ना भएका मध्ये हालसम्म तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरुको ज्यान गएको हो ।
मस्कोस्थित नेपाली राजदूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् ।
उनीहरुको गत १५ नोभेम्बर (कार्तिक २९) गते मृत्यु भएको हो । रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको रुपमा राखेका थिए ।
दूतावासले रुसी सेनामा रहेका नेपाली मारिएको घटनाको रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जनाएको छ । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपालको मृत्यु भएको घटना सार्वजनिक भएको हो ।
विविध कारणले रुस पुगेका नेपालीहरु रोजगारीको रुसी सेनामा भर्ना भएको बताइन्छ । हाल युद्धमा रुसको पक्षबाट लड्ने झण्डै २ सय नेपाली रहेको अनुमान गरिँदै आएको छ ।