१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई उपसभापति र सांसद सुमना श्रेष्ठलाई सहमहामन्त्री बनाएको छ । वाग्लेलाई पार्टीमा तेस्रो बरियतामा राखिएको छ ।
महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो। यस्तै, रास्वपाले दुई जना सहमहामन्त्री थपेको छ। सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्।
संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको छ।
पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको बताईएको छ ।
यस्तै रास्वपाले तीन जना सहप्रवक्ता थपेको छ। मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं सहप्रवक्ता बनेका छन्।यसैगरी, पाँच जना केन्द्रीय सदस्य थपिएका छन्।
अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव (महोत्तरी), पुकार बम र कामिनी चौधरी केन्द्रीय सदस्य बनेका छन्।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ९ : ३८ बजे