१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024

नक्कली भूटानी शरणार्थी मुद्दामा उच्च अदालतको आदेश, पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डे थुनामै रहने



नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत थुनामै रहने भएका छन् । उच्च अदालत पाटनले शुक्रबार यस्तो आदेश अनुसार प्रा. डा. इन्द्रजित राई र पूर्व सांसद आङटावा शेर्पा पनि थुनामै राखिने छन् ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच पूर्वगृहमन्त्री बालकृष्ण खाँणका सम्बन्धमा भने राय बाझिएकोले तेस्रो न्यायधीसकोमा पुग्ने छ । प्रकाश खरेलले तारिखमा छाड्ने आदेश गरेका छन् भने पाण्डेले त्यसमा असहमती जनाउँलै थुनामै राख्नु पर्ने राय लेखेका छान् ।

खाँडका स्वकीय सचिव नरेन्द्र केसीलाई भने १० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीपसँग भने ३० लाख धरौटी माग गरिएको छ । त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख धरौटी मागिएको छ । टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन् ।

रामशरण केसीसँग १५ लाख धरौटी माग गरिएको छ ।

यसअघि जिल्ला अदालतले आरोपितहरु १६ जनालाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि उनीहरु केन्द्रीय कारागार सुन्धारामा छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ५ : ०१ बजे