१९ कार्तिक २०८१, सोमबार | Mon Nov 4 2024

माघ ११ मा राष्ट्रिय सभा चुनाव, उम्मेदवारी दर्ता पुस २३ गते



राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने भएको छ । त्यसका लागि उम्‍मेदवारी दर्ता २३ पुसमा हुनेसहितको निर्वाचन तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने छ ।

यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्‍म उपलब्ध गराउने आयोगले जनाएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि निर्वाचन तय भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : २६ बजे