६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

प्रधानमन्त्रीको सल्लाहकार गजुरेलले दिए राजीनामा



माओवादी नेतासमेत रहेका हरिबोल गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन् ।

गजुरेलले प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारी त्यागेको उल्लेख गरेका छन् । उनले आफू थप छलफलमा रहेको उल्लेख गरेपनि राजीनामा दिनुको कारण खुलाएका छैनन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको दौडमा थिए । तर त्यहाँ लेखनाथ दाहाल ‘राजन’ लाई टिकट दिइएको थियो ।

त्यसै कारण असन्तुष्ट रहेका गजुरेललाई दाहालले सल्लाहकार बनाएका थिए तर नियुक्तीकफ एक वर्ष नपुग्दै राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ५० बजे