२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज



उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रबाट आइतबार डिस्चार्ज भएका छन् ।

गत मंसिर १९ गते बाँसबारीस्थित केन्द्रमा भर्ना भएका श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो । स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा आइतबार डिस्चार्ज गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृहमन्त्री श्रेष्ठको उपचारमा डा अरूण मास्के सहितको चिकित्सक टोली संलग्न थियो ।

गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीन भ्रमणमा गएका बेला गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या (एक्युट मायोकार्डियल इन्फ्राक्सन) भएको थियो । त्यहीँ उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएकाले एन्जियोप्लास्टी सर्जरी गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ५४ बजे