७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेपाली समाज अमेरिकाको नेतृत्वमा चेम्जोङ


Ang

२५ मंसिर २०८०, सोमबार  

58
Shares


नेपाली समाज अमेरीकाको तेस्रो अधिवेशनले लोक चेम्जोङको नेतृत्वमा २७ सदस्यीय नया केन्दि्रय समिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिबेसन जनता समाजबादी पाटी नेपालका राजनितीक समिति सदस्य तथा पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतित्थमा न्युयोर्कमा हालै भएको थियो ।

नेपाली समाज अमेरीका विगत एक दश देखी निरन्तर नेपाली अमेरिकन समुदायको सुख दुःखको सारथी बन्दै हामी नेपाली समाज अमेरिका , नेपाली सोसाइटी अफ अमेरिका (नेसो ) मार्फत विभिन्न राजनीतिक तथा सामाजिक कार्यहरू गर्दै आईरहेका छन । यसले नेपालका अल्पसंख्यक, आदिवासी जनजाति, मधेसी, महिला , शिप्पी तथा राज्यले पछी पारेका समुदायको अधिकार , पहिचान , आत्मासम्मान को पक्षमा उभिएर राज्यको मूलप्रवाहमा तिनिहरूको सम्मानजनक समानुपातिक प्रतिनिधित्वको लागी लड्ने साथै यसलाई राष्ट्रीय तथा अन्तर्राष्ट्रीय तहबाट सम्बोधन गराउने मूल उदेश्य रहेको जनाएको छ ।
साथै नेपाली अमेरीकन समुदायमा पनि भाईचारा , सत्भाव र सहकार्य गर्दै नेपाली अमेरीकन पहिचानलाई स्थापित गर्नको साथै स्थानीय मूलप्रवाहमा नेपाली समुदायको पहुच र प्रतिनिधित्वको लागी समेत काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष लोक चेम्जोङले बताए ।

महाधिवेशनमा जसपाका राजनितीक समिति सदस्य तथा प्रवास कमिटी ईन्चार्ज आङकाजी शेर्पा , जसपा केन्ऽीय सल्लाहकार डा.महेन्द्र लावती, प्रवास विशेष समितिका अध्यक्ष विश्वासदिप तिगेला, जसपा केन्द्रीय सदस्य तथा प्रवास कमिटी सहईन्चार्ज पार्वती थापा मगर साथै विभिन्न देशका प्रमुख तथा प्रतिनिधीहरू लगायतले शुभकामना व्यक्त गरेका थिए ।

चेम्जोङको नेतृत्वमा निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओमराज सम्बाहाङ्फे, उपाध्यक्षमा चिना योन्जन, उपाध्यक्षमा सुमन बुढामगर, महासचिवमा शेखर राई, सचिवमा टंक सेलिङ, कोषाध्यक्षमा सुवर्ण शाक्य, सदस्यहरुमा केशबराम राई , काजी शेर्पा, राम लिम्बु, तोङसा योङया, गणेश राई, मात्रिका गुप्ता , भीम माबो , भरत मादी देवान, हरि प्रसाद जवेगु, गजेन्द्र सुब्बा र मिना चेम्जोङ, सेहाङ नेम्वाङ ,देशहाङ हुक्पा चोङबाङ, मणि चेम्जोङ , देव पुन ,भीमबहादुर थापामगर, लाल घले, प्रकाश परिवार , बिनोद राई र सामदेनला रुईत शेर्पा चयन गरेका छन ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ०६ बजे