१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाललाई हराउँदै भारत विजयी



एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा मंगलबार भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । ५३ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा ५७ रन बनाउँदै नेपालमाथि १० विकेटको जित हात पारेको हो ।

नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । आजको जितसँगै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । भारतले अफगानिस्तानलाई सात विकेटले हराएको थियो भने पाकिस्तानसँग भने आठ विकेटले पराजित भएको थियो ।

भारतका जितमा आर्सिन कुलकर्नीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ३० बल खेल्दै पाँच छक्का र एक चौका प्रहार गरे । उसका लागि आदर्श सिंहले १३ रन बनाए । नेपालको तर्फबाट गुल्सन झाले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिए ।

भारतले अतिरिक्तमा मात्र १३ रन दिएको थियो, त्यसमा १२ वाइड थियो । नेपालबाट कुनै ब्याटरले दोहोरो स्कोर बनाउन सकेनन् । नेपाली इनिङ्समा केबल ४ चौका समावेश थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : ०८ बजे