१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024

चिसो बढेकोले सतर्कता रहन सुझाव



जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेकाले सजगता अपनाउन सुझाव दिएको छ ।

महाशाखाले सोमबार ‘आगामी २४ घण्टा (मंगलबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श’ नोट जारी गरेको हो । जसमा भनिएको छ, ‘देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनहुन सबैमा अनुरोध छ।’

मौसम महाशाखाका अनुसार सोमबार राति कोशी, मधेश, र बागमती प्रदेशमा आंशिक बदली (आकाशमा बादल) देखि सामान्यतया सफा तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा (प्रायः आकाश खुला) रहनेछ।

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : २० बजे