५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

रुसी सेनाका चार नेपाली युक्रेनी सेनाको कब्जामा



रुसी सेनामा कार्यरत चार जना नेपालीलाई युक्रेनी सेनाले बन्दी बनाएको खुलेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी युक्रेनमा चार जना नेपाली नागरिकहरूलाई बन्दी बनाएको सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

परराष्ट्रका अनुसार बर्दियाको राजापुर–१ का विवेक खत्री, काभ्रेपलाञ्चोकको मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ– २का विकास राई र रोल्पाको रून्टिगढी–८ का प्रतिक पुन युक्रेनी सेनाको बन्धक बनेका छन्।

बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

साथै, उनीहरूको रिहाइ र नेपाल फिर्तीको लागि इन्टरनेसनल कमिटी अफ द रेडक्रस लगायत अन्य माध्यमहरुबाट पनि कूटनीतिक पहल भइरहेको मन्त्रालयको भनाई छ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : ४२ बजे